सामग्री पर जाएँ

अर्जुन कार्की

मैथिली विकिपिडियासँ, एक मुक्त विश्वकोश

अर्जुन कार्की -- कलाकार/खेलाडी

अर्जुन कार्की नेपाली कलाकार तथा खेलाडी हुन्।

उनको जन्म मोरङ जिल्लाको भाउन्नेमा भएको हो।  मध्यम परिवारमा जन्मेका अर्जुन कार्कीले एसएलसी सम्मको पढाइ पनि मोरङको भाउन्नेमा नै गरेका हुन्। त्यसपछी बाँकीको पढाईका लागी उनी काठमाडौं छिरेका हुन्‌। अर्जुन कार्की सानैदेखि आम बालबालिका भन्दा फरक थिए, उनी एकदमै चञ्चले, झ्वाँकी र निडर स्वभावका थिए। सानो छँदा उनी जुन काम गर्न सक्दैनस् भन्यो भने त्यो काम जसरी पनि गरेरै छोड्थे। जस्तो कि कुनै रुखमा चढ्न सक्दैनस् भन्यो भने त्यो रुखमा उनी जसरी पनि चढेरै छोड्थे।

सानैदेखि उनी स्कुलमा अतिरिक्त क्रियाकलाप र खेलकुद भनेपछि हुरुक्क हुन्थे।

जीवनको चार दशक बिताइसकेका कार्की कुनैे बेलाका ब्यस्त कलाकार थिए। अहिले भने उनि चलचित्र क्षेत्रभन्दा पर होटल व्यवसाय संचालन गरेर बसेका छन्। चलचित्र क्षेत्रलाई माया मारेको भने होइन कुनै पनि बेला नयाँ कोसेलीका साथ कलाकारितामा फर्कन सक्ने उनको भनाइ छ ‌।

अर्जुन कार्की सगरमाथाको चुचुरोमा चढ्ने पहिलो नेपाली कलाकार पनि हुन्। उनले सगरमाथाको चुचुरोमा पशुपतिको जल, नेपालको झण्डा र कलाकारको झण्डा पुर्याएका थिए।

उनका सहोदर भाइ बिपिन कार्की पनि नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेता रहेका छन्।

उनी अभिनीत चलचित्रहरू --

लभ स्टोरी २०६६

बरदान

बजार

सपना

भगवान सबैको

कन्यादान

टक्कर दुइ मुटुको

महान

धूम

इज्जतदार

दिदी भाई

दोस्ती

फर्ज

हाम्रो मिलन कहिले हुन्छ

दानवीर

मृत्युंजय

कृष्ण बाबु

गुन्डराज

जङ्गली मान्छे

अर्जुन कार्की
व्यैक्तिक विवरण
जन्ममोरङ नेपाल
राष्ट्रियताNepali