सामग्री पर जाएँ

नेपाल एफएम

मैथिली विकिपिडियासँ, एक मुक्त विश्वकोश
नेपाल एफएम
नेपाल एफएम
प्रशारण क्षेत्र:नेपाल
आवृति (फ्रिक्वेन्सी):९१.८ मेगाहर्ज
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषा:नेपाली

नेपालको पहिलो रेडियो नेटवर्क नेपाल एफएक नेटवर्क कुनै बेला सबै रेडियो र स्रोताहरुको आकर्षण बनेको थियो । नेपाल एफएम नेटवकले नागरिकको सूचना र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सेवामा अविराम १७ बर्ष पुरा गरेको छ । नेपाल एफएम नागरिक तहबाट सञ्चालन गरिएको समाचार र विचार प्रवाह गर्ने पहिलो रेडियो स्टेशन हो । २०६१ साल मंसीर १८ गते औपचारिक प्रसारण शुरु गरेका नेपाल एफएम ९१.८ ले दुई बर्षमा नै मुलुकको शसक्त रेडियोको रुपमा पहिचान बनाएको थियो । काठमाण्डौं केन्द्रीत सूचना गाउँगाउँ पु¥याउने र गाउँगाउँको सूचना र विचार काठमाण्डौंलाई सुनाउन काठमाण्डौं बाहिर स्थापना भएका स्वतन्त्र रेडियोहरुको सहकार्यमा पहिलो पटक नेपालमा एफएम नेटवर्क स्थापना गरियो । नेपाल एफएम स्थापनाको दुई महिनामै २०६१ माघ १९ गते शाही निरंकुशता शुरु भयो । शाही सरकारले बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमबाहेक कुनै पनि विषय प्रसारण नगर्नु भन्ने शाही आदेश दिई तामेल गर्न रेडियोमा सेना तैनाथ ग¥योे । जीवनको समेत प्रवाह नगरी समाचार प्रसारण गरेर शाही आदेश अवज्ञा गरी २०६२÷६३ को आन्दोलन उठाउन जनताको पक्षमा संघर्ष गरेका कारण जनमनमा नेपाल एफएम सदा सम्मानित छ । शाही शासनपछि बन्द भएको समाचारलाई सुचारु गराउन पहिलो भूमिका नेपाल एफएमले खेलेको थियो । एफएमको कानुनी र राजनीतिक लडाईका कारण नै नेपालमा फैरि समाचार सुरु भएको थियो ।